नियम १८क
क्याश मेशिन वा कम्प्युटर सफ्टवेयरबाट बिजक जारी गर्नुपर्ने
बिभागले कुनै करदाताले क्यास मेशिन प्रयोग गर्नु पर्ने गरी तोक्न सक्नेछ र त्यसरी तोकिएकोमा त्यस्तो करदाताले कारोबार गर्दा क्याश मेशिनको प्रयोग गरी बिजक जारी गर्नु पर्नेछ । तर विद्युतीय माध्यमबाट बिजक जारी गर्न स्वीकृती प्राप्त करदाताले सोही बमोजिम बिजक जारी गर्नु पर्नेछ ।